|

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका स्थित तालतलैयामा बर्ड फ्लु भेटिएलगत्तै इटहरी १२ खनारमा पनि बर्डफ्लुको संक्रमण पुष्टि भएको छ ।

खनारमा रहेको पाथीभरा पोल्टी फार्ममा रहेका ६ हजार ५ सय कुखुरामा बर्डफ्लुको एच–१ एन–१ भाइरस देखिएपछि जिल्ला पशुसेवा कार्यालय र क्षेत्रीय पशु सेवा निर्देशनालयले खुकुरा मारेर पुर्ने काम सुरु गरेका छन्।

तीन दिनअघि इटहरी २ को तालतलैयाको बालउद्यानभित्र रहेको चिडियाघरमा बर्ड फ्लु भएको पत्ता लागेको थियो। त्यहा संरक्षित गरिएका २२ प्रजातीका चरा मरेका थिए। साता अघि मरेका कुखराको सेम्पल परीक्षणको लागि क्षेत्रीय प्रयोगशाला र केन्द्रीय प्रयोगशालामा पठाइएको थियो।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख शिवनाथ महतोका अनुसार एक साताअघि पठाइएको नमुना परीक्षणबाट बर्ड फ्लु नै हो भन्ने यकिन भएको हो। अहिले फर्ममा रहेका ३ हजार कुखुरा मार्न सुरु गरिएको उनले जानकारी दिए। लेयर्स फार्मभन्दा ५ सय मिटर वरपरको क्षेत्रलाई प्रभावित क्षेत्र मानेर स्थानीयका कुखरासमेत मार्न थालिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.