|

सल्यान : सरकारले स्थानीय निकायको निर्वाचनको घोषणा गरेसँगैै राजनीतिक दलहरुले चुनावी प्रचार प्रसार तीब्र पारेका छन्। राजनीतिक दलका नेताहरू कार्यकर्ता भेटघाट र प्रशिक्षणका साथै भेटघाटमा व्यस्त हुन थालेका हुन्। निर्वाचन आफ्नो पक्षमा पार्नका लागि घरदैलो अभियान देखि पार्टी प्रवेशसम्मका कार्यक्रम अघि बढाइरहेका छन्। 

निर्वाचन आउन धेरै समय बाँकी नभएकाले चुनावी अभियानलाई तीब्र पारिएको नेकपा माओवादी केन्द्र सल्यानका संयोजक कर्णबहादुर बुढाथोकीले जानकारी दिए। 
स्थानीय तहको निर्वाचनका लागि पार्टीका कार्यकर्ता परिचालन गरेको एमालेका जिल्ला अध्यक्ष गोविन्द पुनले बताए।

निर्वाचनलाई अभियानकै रूपमा गाउँ  लगिएको नेपाली काँग्रेसका सभापति गणेश चन्दले जानकारी दिए। चुनावी प्रचारप्रसारलाई आन्तरिक र बाह्य दुवै तरिकाले अघि बढाएको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.