|

पर्सा : प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन निरंकुशताको पहिलो कदम भएको जनता समाजवादी पार्टी ( जसपा ) का कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। 

संघीय प्रेस फोरम पर्साले मंगलबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले भने, 'प्रम ओलीले गणतन्त्र, समावेशिता र धर्म निरपेक्षतालगायत संवैधानिक सबै अधिकार समाप्त पार्ने चेष्टासहित यो कदम उठाएका हुन्।'

यति मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी, संघीयता विरोधी शक्तिहरुसँग मिलेर निरंकुशता लाद्न अघोषित रुपमा मोर्चाबन्दी पनि गरिसकेका पनि अध्यक्ष यादवले आरोप लगाए। 

त्यसैगरी साइबर सेनाका रुपमा प्रेसमाथि पनि निरंकुशता लाद्ने प्रयास सुरु भइसकेको उनले बताए। उनको गलत कदमविरुद्ध सबै शक्ति एक भएर लाग्नुपर्नेमा उनले जोड दिए। राजनीतिक समस्याका रुपमा रहेको गलत राजनीतिक कदम न्यायालयबाट भन्दा पनि राजनीतिक तवरबाट नै सच्चिनुपर्ने उनको भनाइ थियो। 

'महेन्द्रको जस्तै नीति'

अर्को प्रसंगमा अध्यक्ष यादवले स्व. राजा महेन्द्रले जस्तो एउटा छिमेकीलाई च्याप्ने र अर्कोलाई टाढा राख्ने ओली सरकारको कारण नेपालमा विदेशीलाई खेल्न ठाउँ दिएको आरोप लगाए।

दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध नराखी नेपालको हित नहुने उनको जिकिर छ। युरोपमा विदेशीको चलखेल भएर पहिलेको पहिलो र दोस्रो विश्वयुद्ध भएको भन्दै उनले अबको विश्वयुद्धको बिजारोपण एसिया तर्फबाट सुरु हुन सक्ने संकेत गरे। एसियामा पनि त्यसको कन्फ्लेक्ट हुने ठाउँ अझ प्रम ओली जस्ताको कारण नेपालबाट हुन सक्ने उनले इंगित गरे।

संसद विघटन कदमको समाधानमा न्यायलयबाट प्रम ओलीको पक्षमा भए निर्वाचनमा भाग लिनु हुन्छ त ? भनी संचारकर्मीले राखेको जिज्ञासामा उनले प्रम ओलीको नेतृत्वमा हुने निर्वाचनको कुनै विश्वास नरहेको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.