|

नवलपरासी : प्रधानमन्त्री केपी शर्मा ओली राजा महेन्द्र बन्न खोजेका नेकपा रामकुमारी झाँकीले बताएकी छन्। 

पश्चिम नवलपरासीको बर्दघाटमा अखिल नेपाल महिला संघ जिल्ला संघर्ष समितिको भेलामा नेकपा प्रचण्ड–माधव समूहकी झाँक्रीले प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमा एकपछि अर्को गर्दै संविधानमाथि आक्रमण गर्दै गइरहेका बताइन्।

ओलीले पार्टीको सांगठनिक संरचना‍ बलियो बनाउनुभन्दा मदन भण्डारी फाउण्डेसनको नाममा समानान्तर सरकार चलाएको झाँक्रले आरोप लगाइन्।

प्रधानमन्त्री ओलीले सिंहदरबारबाट चलाउनुपर्ने सरकार विस्तराबाट चलाएको भन्दै अहिलेसम्म सुरक्षाको कारण देखाएर बालुवाटार नछाडेका पनि झाँक्रीले बताइन्।

प्रधानमन्त्री ओली संसद भंग गरी तन्नेरी बनेर देश दौडाहामा निस्केका उनको भनाइ थियो। ओलीले पार्टी प्यालेसका हलहरूमा कमेडी गरेर हँसाउने मात्र काम गरेका उनको भनाइ थियो। ​

नेत्री झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिक्रियावादी शक्तिको इसारामा चल्ने गरेको पनि आरोप लगाइन्। 'महिला राष्ट्रपति बनेको भनेर मक्ख पर्दैगर्दा हामी सबैले ख्याल गर्नुपर्ने र प्रतिक्रियायावादीको कुनै लिंग हुँदैन,' उनले भनिन्, राष्ट्रपतिलाई शितलनिवासबाट र प्रधानमन्त्रीलाई बालुवाटारबाट सडकमा ल्याएर छाड्छाैं।'

अहिलेको परिस्थिति आउनुमा पुष्पकमल दाहाल  प्रचण्ड र माधवकुमार नेपाल पनि दोषी रहेको भन्दै आफ्ना नेता भनेर ढाक छोप नगरी सहीलाई सही र गलतलाई गलत भन्न एक असल कार्यकर्ता हिच्किचाउन नहुने पनि उनले बताइन्। अब नेतृत्वले कार्यकर्तासमक्ष गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरिन्। 

प्रतिनिधिसभा कुनै पनि हालतमा पुनर्स्थापित हुने दाबी गर्दै अदालतबाट प्रतिनिधिसभा विघटनको पक्षमा फैसला हुनु र पानीमा आगो बल्नु उस्तै भएको तर्क गरिन्। 

जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि रक्षा गर्न सडक आन्दोलनको विकल्प नरहेको भन्दै त्यसका लागि सबै तयार रहनुपर्ने समेत झाँक्रीको भनाइ थियो। प्रधानमन्त्री ओलीले चुच्चे नक्सा छापेकोमा गर्व गरे पनि चुच्चे नक्सालाई पाठ्यपुस्तकमा किन नराखेको भनी प्रश्नसमेत गरिन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.