|

काठमाडौं :  विभिन्न देशले कोरोना संक्रमणविरुद्धको खोप लगाउन सुरु गरिसक्दा नेपाल सरकार बल्ल खोप किन्ने पैसा जोहो गर्न लागेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर दातृ निकायसँग खोप खरिदका लागि आर्थिक सहयोग मागेको हो।  लक्षित समूहलाई निःशुल्क खोप उपलब्ध गराउनका लागि ठूलो रकम आवश्यक भएको भन्दै मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालाई खोप कोषमा सहयोग गर्न अपिल गरेको छ। 

राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बरसहित सूचना जारी गर्दै मन्त्रालयले कोषमा संकलित रकमबाट खरिद गरिने खोप लक्षित समूहहरुलाई निःशुल्क उपलब्ध गराइने जनाएको छ। सरकारले १५ वर्ष मुनीका २८ प्रतिशत जनसंख्यालाई छाडेर ७२ प्रतिशलाई कोरोनाविरुद्धको खोप लगाउने भनेको छ। 

तर अहिलेसम्म कोभ्याक्सले अनुदानमा दिने खोप कुर्नेबाहेक अरु खोप बुक गर्ने वा अर्डर गर्ने केही गरेको छैन्। छिमेकी देश भारतमा समेत तीन दिनपछि कोरोना खोप लगाउन सुरु गरिँदैछ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने पनि सूचनामा उल्लेख गरेको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.