|

सल्यान : सल्यान प्रहरीले बहुविवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

बागचौर नगरपालिका-१ कोटबेत घर भई हाल ललितपुर महानगरपालिका-१८ मगरगाउँ बस्ने २७ वर्षीय भरत बस्नेत र उनकी कान्छी श्रीमती ओखलढुङ्गा लिखु गाउँपालिका-९ बस्ने २१ वर्षीया लक्ष्मी परियारलाई प्रहरीले पक्राउ गरेको हो। 

जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती ललिता बस्नेतले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन। जाहेरीका आधारमा उनीहरूलाई ललितपुर महानगरपालिका-१८ मगरगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

बहुविवाह कसुरमा सल्यान अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.