|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनले कम्युनिस्ट आन्दोलनमा मुख्य भूमिका खेलेको बताएका छन्। प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'माओवादी आन्दोलनले कम्युनिस्ट आन्दोलनमा मुख्य भूमिका खेलेको छ। त्यस विषयमा पहिलो हस्ताक्षर गर्ने व्यक्ति केपी ओलीले नै हुन्' उनले भने। 

'यो कम्युनिष्ट आन्दोलनलाई विश्वमा आएका सबैखाले परिवर्तनमा भएको क्रान्तिलाई समेत मध्यनजर गर्दै कसरी जाँदा लोकप्रिय हुन सकिन्छ र नयाँ तरिकाले कसरी समाजवाद निर्माण गर्न सकिन्छ भनेर हामीले सोच्यौँ। ती नेताहरू यहाँ छौं' उनले भने, 'हामीले पार्टी एकता गर्दै गर्दा मैले नै नेकपा माओवादीको तर्फबाट ओलीसमक्ष पार्टी एकता गर्न गएको थिएँ। केपी ओलीले म सकारात्मक छु भनेका थिए।' 

पार्टी एकताले देशैभरि आम कम्युनिष्ट कार्यकर्ता र विश्वभर नयाँ उत्साह आएको उनले बताए। 'अब कम्युनिस्ट आन्दोलनले विकास गर्छ। श्रमजीवी जनताले दलाल नोकरशाहीको अन्त्य हुने सोचेका थिए। र त्यो विश्वास जनताले अनुमोदित गरेका थिए' उनले भने, 'दुई मूलभूत कम्युनिष्ट पार्टी एकताबद्ध हुने कुराप्रति चुनावपछि जनताले अनुमोदन गरे। कमरेडहरू त्यतिबेला पार्टी एकता गर्दा पर्याप्त तयारी नगरेर गरेको हो कि भन्ने कुराहरू आएका हुन् कि जस्तो लाग्छ।' 

'हामीले ठोस वस्तुको ठोस विश्लेषण गरेका थियौं। हामीले त्यतिबेला हामीले जे गर्‍यौँ यो पार्टी एकता ठीक छ मात्रै भनेनौँ पर्याप्त गम्भीरता नदेखाएको भन्ने लाग्दैन' उनले भने, 'पार्टी एकता गर्दाको हस्ताक्षरमा हामीले मार्क्‍सवादलाई बडो प्रस्टसँग लेखेका छौं। समाजवादउन्मुख कार्यदिशा प्रस्टसँग लेखिएको भन्दै उनले मदन भण्डारीको भूमिकाको पनि चर्चा गरे।' जबजको तारिफ गर्दै कम्युनिष्ट आन्दोलनमा भण्डारीको उत्तिकै भूमिका रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.