|

अर्घाखाँची : शितगंगा नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। शितगंगा–१३ सिमलपानीको छेडाबाट कपिलवस्तुको बैरिया जाँदै गरेको लु १ ख ७८१४ नम्बरको बस सिमलपानी छेडा बजारदेखि डेढ किलोमिटर टाढा माँझ गाउँ नजिकै  दुर्घटना भएको हो।

घाइतेहरुलाई उपचारका लागि भैरहवा मेडिकल लगिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

सिमलपानी प्रहरी इन्चार्ज टेकबहादुर ठाडामगरका अनुसार दुर्घटनामा शितगंगा–१३ का २१ वर्षीय नेत्रबहादुर बिसी, ६० वर्षीया दिलसरी बिसी, २० वर्षीय निरज बिसी, ३८ वर्षीय दधिराम बिसी,२५ वर्षीय बाबुराम बिसी, ५७ वर्षीय शेरबहादुर भाटक्षेत्री घाइते भएका छन्। यस्तै, शितगंगा–१४ बौरीका २० वर्षीया अनिता न्यौपाने र उनकी २ वर्षीया छोरी आयुषा घाइते भएका हुन्।

यस्तै, बाँकेको राप्तीसोनारी गाँउपालिका–५ का ५५ वर्षीय मनभर थारू, २१ वर्षीय गोबिन्दप्रसाद भुजुवा, २० वर्षीय संजय चौधरी, ३५ वर्षीय टेकबहादुर बुढामगर र २९ वर्षीय जुमन चौधरी घाइते भएको प्रहरीले जनाएको छ। ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब २० मिटर तल खसेको इन्चार्ज ठाडामगरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.