'मार्क्सवाद, कम्युनिष्ट आचरण र संस्कार छैन'

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा मार्क्सवाद, कम्युनिस्ट आचरण र संस्कार नभएको बताएका छन्। प्रचण्ड माधव पक्षले आयोजना गरेको काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'ओलीमा मार्क्सवाद, कम्युनिस्ट आचरण र संस्कार छैन। उहाँ कुनै पनि हालतमा कम्युनिस्ट होइनन्' उनले भने,  'केपी ओलीको कम्युनिस्टसँग कुनै नाता छैन। फोहोरको डंगुरको हो ओली। केपी ओलीलाई बांगो पुच्छरमा तेल लगाए पनि प्रचण्डले पनि सक्नुभएन। बालुवा पेलेर तेल निस्कन सक्दैन।' 

उनले केपी ओली सुध्रिने मानिस नभएको टिप्पणी गरे। 'हेर्दै जानुहोला केपी ओली निरीह भएको कुनै दिन पाउनुहुनेछ। मार्क्सवादीलाई उहाँले सिध्याउन खोज्नुभएको छ। उपलब्धि सबै सुध्याउन खोजेका छन्। हामी चिन्तित भएका छौं। कुनै मत प्राप्त गर्न हामी लागेका होइनौं' उनले भने,  'कर्तव्य र जिम्मेवारी पूरा गर्न मैदानमा उत्रिएका छौं। हामी सही बाटोमा छौं। ओली गलत बाटोमा छौं।' 

'ओलीले ल्याएका भ्रमलाई एक एक गरेर चिर्नुपर्छ। त्यसको सटिक जवाफ दिनुपर्छ। ओली झुट बोल्न माहिर हुनुहुन्छ। उहाँ एउटा बडो खेलाडी हुन्। चतुर त नभनौं। मान्छेलाई खेलाउन खोज्दै हुनुहुन्छ। डमरु बढाएर टिकट बाँड्दै हुनुहुन्छ' उनले भने, 'केन्द्रीय कमिटीलाई ५ हजार पुर्‍याउने भन्दै ओलीको पार्टीलाई सडकछाप भन्दै सडकको धुलोमा परिणत हुन्छ।' 

उनको अभिव्यक्ति सुन्दा अचम्म लाग्ने भन्दै ओलीको कदम नियालेर हेर्दा अचम्म लाग्ने बताए। उहाँ पदमा पुगेपछि निरङ्कुश भएका र सर्वस्तावादी भएको पनि आरोप लगाए। मन्त्रीका अधिकार खोसेका पनि बताए। आफूहरु पनि प्रधानमन्त्री भएको तर सबै अधिकार हातमा नराखेको जिकिर गरे।

पार्टीको निर्णय नै ठूलो मानेको बताए। 'केपीमा मै हुँ भन्ने अहंकार छ। पार्टीभन्दा माथि हुने प्रवृत्ति छ। २०५० सालदेखि नै ओलीले क्रुरता लादेका छन्' उनले भने, 'मदन भण्डारीको नाम भजाएर पार्टी चलाए, फाउन्डेसनलाई समानान्तर पार्टी झैं चलाएका, पहिले देखि नै अधिनायकवादी भएका, यो अन्तरविरोध क्लाइमेक्समा पुगेको हो। हामीले पार्टीमा धेरै कुरा उठायौँ तर समाधान भएन।' 

यही पार्टीले नै रुपान्तरण र परिवर्तन गर्ने दाबी गर्दै लोकतन्त्रलाई बलियो बनाउन पार्टीलाई बलियो बनाउन उनले आग्रह गरे। यो कुरा आफूहरुले पटक पटक भनेको पनि उनले बताए। पार्टीको नीति नै ठूलो भएको भन्दै उनले जनभावना बुझ्नुपर्ने तर्क गरे। अपराधको त्रासले केपी ओली तर्सिएको भन्दै उनले एक नांगो राजाको कथा सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.