बेहुलासहित १५ सवार थिए, थप विवरण आउन बाँकी

|

गुल्मी : गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग१ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको स्थानीय लक्ष्मीपति न्यौपानेले जानकारी दिए।

जिपमा करिब १५ जना सवार रहेको उनले बताए। जिपमा सवार बेउलाका बुवाहरु  प्रकाश पान्डे, शोभाखर, शिवलाल, चालक राजन पाण्डे र  नाम नखुलेका सहचालकलाई शरीररका विभिन्न भागहरुमा चोट लागेको छ। उनीहरुलाई स्याङजाको मिर्मीतर्फ उपचारका लागि लगिएको छ। घटनास्थलतर्फ पूर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको बताइएको छ।  घटनाको बारेमा विस्तृत विवरण आउँन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.