|

काठमाडौं : सरकार विस्तारको क्रममा हालै संस्कृति पर्यटन मन्त्रालयबाट खानेपानी तथा सरसफाइ मन्त्रालयमा पुगेका मन्त्री जीवनबहादुर शाही शुक्रबार र शनिबार पानी परेकोमा निकै खुशी देखिए। यो पानीले मेलम्ची पाइप खन्दा उड्ने धुलो घटेको र खानेपानी समस्या पानि कम गर्ने आशामा उनी खुशी भएका हुन्।

शनिबार नागरिक उड्ययन प्राधिकरणको सहकार्यमा क्याप्टेन वेद उप्रेतीले सञ्चालनमा ल्याउन थालेको एयर वस ३३० एभिएसन म्युजियम पहिलो चरणको उद्‍घाटन गर्न आएका मन्त्री शाही उत्साहित देखिन्थे। उनले आफ्नो फेरिएको जिम्मेवारीलाई सहज रुपमा लिए। 'आज पनि म राष्ट्रको मिनिस्टर हुँ, मेरो, कुनमा रुची छ ध्यान छ त्यो फरक कुरा होला तर यहाँ चलन के छ भने म कर्मचारी हैन' उनले भने। शाहीले अगाडि थपे 'अब मेलेम्चीको काम अघि बढाउछु।'

'सोझो र साझो मान्छेलाई भगवानलाई पनि हेर्छ भन्ने कुरा भन्ने कुरा ममा पनि देखिन्छ' शाहीले भने 'अस्तिसम्म खानेपानी मन्त्रालयलाई सबैले गाली गरिरहेका थिए मेलम्चीको पाइप विच्छाएर धुलोले सबैको स्वास्थ्य खराब भएको छ, धुलो रोकिएन भन्थे म हिजो मन्त्री हुने वित्तlकै पानी पर्‍यो आज धुलो रोकियो' उनले थपे। उनले यसो भन्दा कार्यक्रमका अरु सहभागी हाँस्दै थिए तर शाहीले गम्भीरतापूर्वक भने 'यो हासो मजाकको कुरा नभई वास्तविकता देखियो।'

शाहीले असल काम गर्ने र सोझो मान्छेलाई जहिले पनि भगवनाले साथ दिने र आफ्नो हकमा समेत देखिएको बताएका छन्। उनले राम्रो काम गर्नेलाई प्रोत्साहन खासै नहुने भएपनि आफ्नो हकमा भगवानले साथ दिएको उनको दाबी छ।

नागरिक उड्यन प्राधिकरणसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको म्युजियममा शाही निवर्तमान पर्यटन मन्त्रीको हैसियतले उपस्थित भएका हुन्।शाहीले पर्यटन मन्त्रालयमा आफूले ९० प्रतिशत सुधारको काम गरेको दाबी समेत गरे। 'जसरी पर्यटन मन्त्रालयमा ९० प्रतिशत सुधारको काम मैले गरेको थिएँ १०० प्रतिशत पुर्‍याउने क्रममा जिम्मेवारी फेरियो' मन्त्री शाहीले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.