|

काठमाडौं : नेपालमा रहेका विभिन्न कूटनीतिक नियोग, राजदूतावास तथा हवाइ उडान कम्पनीहरुले कुनै विशेष निजी प्रयोगशालाको मात्र पिसिआर रिपोर्ट मान्य हुने भन्दै सार्वजनिक गरेको सूचनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहमति जनाएको छ। 

मन्त्रालयले निश्चित रुपमा एउटा मात्रै प्रयोगशालाको पिसिआर रिपोर्टभन्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिएका सरकारी तथा निजी प्रयोगशालाको नजितालाई मान्यता दिन र सोहीअनुसार काम गर्न समेत निर्देशन दिएको छ। 

कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले एउटा निश्चित निजी प्रयोगशालाहरुको मात्र नतिजा मात्रै नभएर राष्ट्रिय प्रयोशालाले स्वीकृत दिएका सबै प्रयोगशालाको नजितालाई मान्यता दिनु पर्ने बताएको छ। 

कुनै द्विविधा भएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गर्न गराउन सार्वजनिक सूचना जारी गर्ने र कोभिड १९ संकट व्यवस्थापन केन्द्र, परराष्ट्र मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

स्मरणीय छ विश्व स्वास्थ्य संगठन समेतले मान्यता दिएको काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला नेपालको भरपर्दो प्रयोगशालामा गनिन्छ। नेपालमा उडान भर्ने विदेशी हवाइ कम्पनीहरुले सजिलोका लागि आ–आफ्नो सम्पर्कका अस्पताल र प्रयोगशालाको परीक्षणलाई मान्यता दिँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.