|

काठमाडौं : नेपाली क्रिकेट लामो समयपछि मैदानमा फर्किंदै छ। प्रधानमन्त्रीकपका रुपमा नेपाली क्रिकेटको एक दिवसीय स्वरुप पुनः मैदानमा फर्कन लागेको हो। नेपाली क्रिकेटमा छोटो फर्म्याटको टी–२० लिगमा विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हुने गरे पनि एक दिवसीय घरेलु क्रिकेट भने सीमित मात्र हुने गरेको छ।

पछिल्लो एक वर्ष यता कोरोना महामारीका कारण क्रिकेटको कुनै पनि प्रतियोगिता जस्तै छ। केही समय यता छनोटका रुपमा मोफसलमा केही प्रतियोगिता भए पनि राष्ट्रिय रुपमा भने क्रिकेटको ठूलो प्रतियोगिताहरु हुन सकेको छैन।

भोलिदेखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु हुनेछ। प्रतियोगिताको सुरु विभागीय टीम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको हुने आयोजकले जनाएको छ। प्रतियोगिता टियु मैदानसँगै मुलपानी क्रिकेट मैदानमा पनि आयोजना हुने छ। माघ १७ सम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश,  प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन्। दुबै समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।

प्रतियोगिताका लागि अधिकांश टिमले टिमको घोषणा गरिसकेका छन्। विभागबाहेक प्रदेश टिमले छनोट प्रतियोगिता गरेर टिमको घोषणा गर्दा अधिकाशं टिममा राष्ट्रिय अनुहारहरु नै रहने छन्। यद्यपि, केही खेलाडीले भने पिएम कप खेल्ने छैनन्। युवा खेलाडीहरु सोमपाल कामी, करण केसी र कुशल मल्लले खेल्ने छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.