|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिएका छन्। बालुवाटारमा भेला भएका स्थायी कमिटी सदस्यहरुलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका पार्टी अध्यक्षसमेत रहेका ओलीले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्।

बिहीबार भएकोे छलफलमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे ब्रिफिङ भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले जानकारी दिए। ‘देशभरि भइरहेका पार्टीका कार्यक्रमहरु, कहाँ कसरी भैरहेका छन् र निर्वाचन आयोगमा के भइरहेको छ भनेर प्रधानमन्त्री ओलीले बिफ्रिङ गर्नुभएको थियो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, ‘बैशाख १७ र २७ गते निर्वाचन हुन्छ। तपाईहरूले तयारी थाल्नुहोस्।’

नेम्बाङले आधिकारिक नेकपा पार्टी आफ्नो समूह नै भएको दावी गरे। उनले १ नम्बर अध्यक्ष र महासचिव आफूहरुसँगै भएकाले यो समूहले नै आधिकारिकता पाउने भन्नेमा दुईमत नरहेको बताए। नेता नेम्बाङले सूर्य चिह्न पनि आफ्नै समूहकै भएको उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.