|

काठमाडौं :   प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता सुरु भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलकुदमन्त्री दावा लामा तामाङ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगिताको उदघाटन गरे।उद्घाटन खेलमा समूह ‘ए’ बाट बिभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशबिरुद्ध टस जितेर पहिलो ब्याटिङ गरिरहेको छ। 

माघ १७ गतेसम्म चल्ने प्रतियोगिता कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछ। ३ विभागीय र सात प्रदेश गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश एक र कर्णाली प्रदेश रहेका छन्। 

समुह बीमा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश दुई र सुदूरपश्चिम प्रदेश रहेका छन्। समूहमा सबैले एक अर्कोसँग खेले पछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

कोरोना महामारीपछि नेपाल क्रिकेट संघले अघिल्लो महिना दाङको लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सन्चालन गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.