|

काठमाडौं : २४ घण्टामा ३ हजार ८४ को पिसिआर परीक्षण हुँदा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल संक्रमित २ लाख ६६ हजार ८ सय १६ छन्।

हालसम्म २० लाख ५ हजार १२५ जनाको पिसिआर परीक्षण भएको छ। त्यसैगरी, ३ सय ९० जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६० हजार ५ सय ६७ संक्रमण मुक्त भइसकेका छन्। संक्रमणमुक्त हुने दर ९७.६ प्रतिशत छन्। थप ५ जनाको मृत्यु भएको छ। कुल मृतकहरूको संख्या १९ सय ४८ पुगेको छ।

काठमाडौं उपत्यकामा १७२ जना संक्रमित थपिएका छन्। महिला ५९ र पुरुष ११३ थपिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.