|

भारतको दक्षिण–पश्चिमी राज्य कर्नाटकमा भएको सडक दुर्घटनामा कम्तीमा ११ जना व्यक्तिको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को ट्रकसँग ठोक्किँदा दुर्घटना भएको थियो। त्यसमा परी अरु सातजना घाइते भएका छन्। उनीहरुलाई अस्पताल पुर्‍याइएको छ।

मृत्यु हुनेमा दशजना यात्रु महिला रहेको प्रहरीले जनाएको छ। सो दुर्घटनास्थल बैंग्लोरबाट ४३० किलोमिटर टाढा रहेको छ। प्रहरीले घाइते सबैलाई अस्पताल लगिएको बताएको छ। प्रहरीका अनुसार सो दुर्घटनामा परेकामध्ये पाँचजना महिलाको अवस्था चिन्ताजनक रहेको छ। ती यात्रुहरु पारिवारिक कामका लागि हिँडेका थिए। उनीहरु गोवा जान लागेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.