|

दाङ : जिल्ला समन्वय समिति (जिसस) रुकुम पूर्वका प्रमुखसहित गजेन्द्रबहादुर वलीसहित जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। 

प्रहरी कार्यालयका रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीका अनुसार प्रमुख वलीसहित पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रमुख वली, पृथा उत्तरगंगा गाउँपालिका–५ का २९ वर्षीय सुभाष घर्तीमगर, वडा नम्वर १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसिकोट नगरपालिका–१ का ३७ वर्षीय कमल गिरी रहेका छन्। 

रुकुम पश्चिमको मुसिकोट–१ पातुखोलास्थित भरत घर्तीमगरको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रवार दिउँसो करिब ३ बजेतिर उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट २५ हजार ३०० रुपैयाँ र केही थान तास बरामद गरेको प्रहरी निरीक्षक शाहीले बताए। पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.