|

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई चुनावमा जान हतार नभएको बताएका छन्। शुक्रबार शुक्लागण्डकी–४ विपी चोकमा आयोजित प्रजातान्त्रिक सेनानी स्व. एकनारायण खनालको शोक सभामा पौडेलले लोकतन्त्र र संविधानलाई जोगाएर मात्र कांग्रेस चुनावमा जाने प्रष्टीकरण दिए।

वरिष्ठ नेता पौडेलले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पहिले संविधान बचाउनतर्फ प्राथमिकता दिएको बताए। उनले संविधान बचाउन सके मात्रै चुनाव हुन सक्ने बताउँदै लोकतन्त्र र संविधानलाई ठिक ठाउँमा ल्याएर मात्रै कांग्रेस चुनावी मैदानमा उत्रिने बताए।

‘चुनावका लागि हामीले संविधान कुल्चन पाउँदैनौं। कम्युनिष्टको सरकार थियो, सकियो भन्ने होइन। लोकतन्त्र र संविधान बचाउन अपरिहार्य छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘चुनावका लागि कांग्रेसलाई हतार छैन। अवसरवादीको पार्टी कांग्रेस होइन। सिद्धान्त र लोकतन्त्रलाई बचाउने पार्टी हो। संविधानलाई बचाउनुपर्छ अनि लोकतान्त्रिक रुपमा चुनावी मैदानमा जानेछ कांग्रेस।’

नेता पौडेले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेको पनि संविधानसम्मत फैसला हुन्छ भन्नेमा शंका व्यक्त गरे। उनले केपी शर्मा ओलीले सरकारको नक्कली कुरा, ढाटिएको कुरा जनतासामु छर्लङ भइसकेको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.