|

नयाँ दिल्ली :  माओवादी विद्रोहीले राखेको एम्बुसमा परी भारतमा शनिबार कम्तीमा ११ जना अर्धसैनिकको मृत्यु भएको छ। छत्तिसगढ राज्यको सुक्मा जंगल क्षेत्रमा भएको घटनामा परी अन्य तीन जना घाइते भएको उच्च प्रहरी अधिकारी आर के भिजले जानकारी दिए।

विद्रोहीले अवरोध गरेको सडक खुलाउन जादा अर्धसैनिक बलमाथि आक्रमण भएको थियो। झण्डै सय जना अर्धसैनिकहरु सडक खुलाउन त्यसतर्फ जाँदै गरेको प्रेस ट्रष्ट अफ ईन्डीयाले जनाएको छ। 
भारतको पूर्वी तथा मध्यभागमा माओवादी विद्रोहीहरु झण्डै तीन दशक देखि लड्दै आएका छन्। किसान र गरिबलाई धेरै भन्दा धेरै सम्पत्ति र जागिर दिलाउन भन्दै उनीहरुले विद्रोह गरेको बताएका छन्। भारत सरकारले यो विद्रोहलाई भारतको सबैभन्दा ठुलो सुरक्षा चुनौतीको रुपमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.