|

काठमाडौं : नेपाल-भारत दुवै पक्षले सीमाक्षेत्र व्यवस्थापनका लागि थप पहल गर्ने निर्णय गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीमा बसेको नेपाल-भारत संयुक्त आयोगको बैठकमा वीरगञ्ज र बिराटनगरमा बनाइएका चेकपोष्टले सीमा सुरक्षालाई सहज पारेको निष्कर्ष पनि निकालको छ। यद्यपि बैठकमा कालापानी, लिम्पियाधुरा र लिपुलेकको विवादबारे भने छलफल भए नभएको खुलाइएको छैन।

बैठकमा स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा, जलस्रोत, तेल, ग्यास, राजनीतिक सुरक्षा मुद्दाहरु, सीमा व्यवस्थापन, विकास साझेदारी र संस्कृति अभिवृद्धि लगायतका विषयमा पनि छलफल भएको छ। बैठकमा नेपालले भारतमा उत्पादन हुने कोरोना विरुद्धका दुई खोप कोभिशिल्ड र कोभ्याक्सिन यथाशक्य छिटो उपलब्ध गराइदिन आग्रह गरेको छ। कोरोना भाइरसको माहामारीविरुद्ध लड्न दुवै देशबीचको सहकार्यको विषयमा पनि बैठकमा छलफल भएको छ।

यस्तै, मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र सिल्गुढीदेखि झापासम्म पनि नयाँ पाइपलाइन विस्तार गर्ने बारेमा पनि बैठकमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतले पशुपतिनाथ रिभरफ्रन्ट र पाटन दरबारमा भण्डारखाल बगौँचा निर्माणका लागि अनुदानसहित सहयोग गर्ने प्रस्ताव गरेको छ। बैठकमा नेपालले भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यमा समर्थन र साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ। साथै नेपाल–भारत संयुक्त आयोगको अर्को बैठक उपयुक्त समयमा नेपालमा बस्ने सहमति पनि भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.