|

म्यासेन्जर एप ह्वाट्सएपले गोपनीयताका नियम र शर्तहरू बदलेपछि सिग्नल र टेलिग्रामजस्ता एपमा प्रयोगकर्ताहरूको ओइरो लागेको छ। 

लाखौं प्रयोगकर्ताहरूले डाउनलोड गरेपछि सिग्नलमा प्राविधिक समस्या नै देखिएको छ। ट्वीटरमार्फत सिग्नलले यस्तो जानकारी दिएको हो। कम्पनीले यो समस्या समाधान गर्न पहल भइरहेको पनि जनाएको छ। 

सिग्नल प्रयोगकर्ताहरूले मोबाइल र डेस्कटप दुवैमा सन्देश पठाउन समस्या भइरहेको बताएका छन्। 

आफ्ना प्रयोगकर्ता अन्य सञ्जालमा केन्द्रित हुन थालेपछि ह्वाट्स्एपले गोपनीयताका नियम र शर्तहरू परिवर्तन गर्ने म्याद १५ मे सम्म थप गरेको छ। 

ह्वाट्सएपले युरोप बाहिरका प्रयोगकर्तालाई केन्द्रित गरी गोपनीयका नियम र शर्तहरूमा कडाइ गरेको छ। अर्थात, युरोप बाहिरका मानिसहरूले अब ह्वाट्सएप चलाउन आफ्ना धेरै गोपनीयताहरू सुम्पनुपर्नेछ। 

आफ्नो गोपनीयतामाथि आक्रमण गरेको आरोप प्रयोगकर्ताहरूले लगाइरहँदा ह्वाट्सएपले भने सेवा सुधार गर्न यस्तो निर्णय लिइएको दावी गरेको छ। 
ह्वाट्सएप प्रयोग गर्न प्रयोगकर्ताहरूले पछिल्लो अपडेट अनिवार्य स्वीकार गर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.