|

अभिनेत्री विद्या बालनको सर्ट फिल्म 'नटखट' ओस्करको अर्वाडमा समावेश भएको छ।  'नटखट'ले सन् २०२० को भारतको  लघु फिल्म महोत्सव जितेको थियो।

'नटखट' लाई ओस्कर २०२१ लागि छनोट भएपछि अभिनेत्री बालनले खशी व्यक्त गरेकी छन्। 'हाम्रो फिल्मलाई ओस्करको लागि छानिनु आफ्ना लागि खुशीको कुरा हो', उनले भनिन्।

बालनले फिल्ममा एक गृहिणीको भूमिकामा रहेकी छिन्। फिल्मले आमा छोराको सम्बन्धलाई मिहिन ढंगले चित्रण गरेको छ। ३३ मिनेट लामो फिल्म शान व्यासको निर्देशनमा बनेको हो। फिल्म रोनी स्क्रूवाला र विद्या बालन द्वारा निर्माण गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.