|
फोटो : नारायण न्यौपाने, रासस

काठमाडौं : वाग्मती सफाइको २००औं हप्ताका अवसरमा शनिबार सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर क्षेत्रमा सरसफाइ गरिएको छ। सरसफाइका क्रममा १ सय ४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। 

नेपाल बन्द र वर्षाका बाबजुद सुन्दरीजलदेखि चोभारसम्म १८ स्थानमा गरिएको पदयात्रासहितको सफाइमा १ लाखभन्दा बढी मानिस उपस्थित भएको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए। शनिबार उपत्यकाका रुद्रमती, विष्णुमती र नख्खुखोलालगायतका सफाइ अभियन्ता वाग्मतीमै केन्द्रित भएका थिए। 

मुख्यसचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा सरकारका १८ जना सचिव १८ केन्द्रमा खटिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत प्रमुख दलका नेता पनि वाग्मती सफाइमा सहभागी भए। तिलगङ्गामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बल्खुमा उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापालगायत नेता सफाइमा जुटेका थिए।

आगामी शनिबार २०१ औँ हप्ताको वाग्मती सफाइ पशुपति राममन्दिर क्षेत्रमा गरिने सफाइ महाअभियानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.