|

काठमाडौं :  जंगली जनावरको तस्करी गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिसका-११ मुह ईलाकाबाट शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधिको सहयोगमा प्रहरीले उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा  डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका ११ मुहका मन बहादुर बुढा, चन्द्र प्रसाद बुढा, सोही नगरपालिका-७ पहाडा बस्ने सूर्यबहादुर बुढा, चन्द्र केसी र गोकर्ण बुढा रहेका छन्।

उनीहरूको घर खानतलासी गर्दा भरुवा बन्दुक नाल-२,बारुदको डिब्बा थान-१, छर्रा थान-४५, कस्तुरी मार्ने पासो १४ थान, बारुद भरिएको चौरी गाईको सिङ दुई वटा र शंकास्पद कस्तुरीको दाँत चारवटा बरामद गरिएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि निकुञ्ज कार्यालयमा बुझाइएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.