'देश निर्वाचनमा गइसक्यो, तोकिएकै मितिमा चुनाव हुन्छ'

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले सरकार काम चलाउन नभएको दाबी गरेका छन्। नेकपा ओली पक्षको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन्। 

'सरकारले अहिले सबै काम गर्न पाउछ। यो कामचलाउ सरकार होइन' उनले भने, 'निर्वाचन आयोगले आचारसंहिता घोषण गरेपछि केही रोकिन सक्छ। तर, अहिले सरकारले सबै काम गर्न सक्छ।' 

संसद् विघटनपछि प्रधानमन्त्रीले किन राजीजामा नदिएको भन्ने कुरा उठिरहेको छ उनले भने, 'म भन्न चाहान्छु। अहिले प्रधानमन्त्रीले आफ्नो काम गर्न पाउनुहुन्छ। मन्त्रिपरिषद् पनि पुनर्गठन गर्न पाउनुहुन्छ।' 

उनले सरकारले तोकेको मिती बैशाख १७ र २७ गते हुने दाबी गरे। 'संसद विघटनको बिषय विचाराधीन छ। म त्यस बिषयमा बोल्दिनँ' उनले भने, 'तर, प्रधानमन्त्रीले बोल्न पाउनुहुन्छ। उहाँले नै संसद विघटन गर्नुभएको हो।'

तोकिएको अवस्थामा निर्वाचन हुदैन भनेर अनावश्यक रुपमा निर्वाचन आयोगलाई समेत दबाव दिएको बताए। 'देश निर्वाचनमा गइसकेको छ। प्रतिपक्षी निर्वाचनमा गइसकेको छ' उनले भने, 'उहाँको विरोधको कार्यक्रमलाई हेर्दा प्रष्ट भइन्छ।'

आधिकारिकता पनि आफ्नो पक्षको भएको दाबी गरे। 'पार्टीको प्रथम अध्यक्ष र महासचिव यही हुनुहुन्छ। त्यसैले उहाँहरुले आधिकारिक भन्ने पाउनुहुन्न' उनले भने, 'पार्टी महासचिव नभएको बैठकले कसरी प्रथम अध्यक्ष र महासचिवलाई कारबाही गर्न मिल्छ?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.