|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रचण्ड–माधव समूहले अदालत र निर्वाचन आयोगलाई अनावश्यक दबाब सिर्जना गरिरहेको टिप्पणी गरेका छन्। संसद् विघटनसम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतमा संवैधानिक इजलास कि बृहत इजलास भन्नेमा विवाद गरेर मुद्दालाई अड्काउने प्रयास गरिएको बताए।

लामो समय आफ्नो धारणा सार्वजनिक नगरेका संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले आज काठमाडौंको तीनकुनेमा आयोजित ओली समूहको प्रदेश १ का अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

राष्ट्रपतिले यो सरकारलाई काम चलाउ घोषणा नगर्नु तथा प्रतिनिधिसभा विघटन गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तार गर्नुबारे अहिले प्रश्न उठिरहेको भन्दै उनले त्यसबारे थप प्रष्ट पार्ने कोसिससमेत गरे। संविधानको धारा ७७ ले प्रधानमन्त्री रिक्त कतिबेला हुन्छन् भनेर प्रष्टै लेखेको भन्दै उनले यो सरकारले फुलफेजरुपमै काम गर्न पाउने तर्क गरे।

स्थायी कमिटी सदस्य नेम्वाङले मध्यावधि निर्वाचन तोकिएकै मितिमा हुने दाबीसमेत गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.