|

बारा : जितपुर सिमरा उपमहानगरपालिका-१८ परासी टोलमा शनिबार बिहान एक ज्वाइँले ससुराली घरमा आगो लगाएर भागेका छन्। 

स्थानीय कृष्णदेवी कुर्मीको फुसको घरमा  उनकै बहिनी ज्वाइँ वीरगञ्ज महानगरपालिका २८ बगहीका ३३ वर्षिय धीरेन्द्र पटेलले पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आगजनीबाट घरभित्र राखिएको २० हजार नगद तथा लत्ताकपडा, भाडाकुँडा र अन्नपात, खाद्यान्न जलेर नष्ट हुँदा करिब ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको र घरमा आगो लगाउने पटेलको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.