'देश डुबाउन चाहन्थ्यौ, मैले रोकेँ'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ओठमा हाँसो देख्दा पुष्पकमल दाहाल प्रचण्डलाई दु:खेको बताएका छन्। उनले प्रदेश १ का आफू निकटका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'उहाँहरूले देश बर्बाद पार्न खोज्दा मैले दिइनँ। उहाँहरूलाई त्यही चिन्ता भएको हो। म देशको मुहारमा मुस्कान ल्याउन चाहन्छु' उनले भने,  'म हसाउँदै हिँड्छु। तर, मान्छे मार्दै हिँड्न सक्दिनँ।'

'मान्छे मारेर, कुटेर लुटेर, जनतालाई रुवाएको आरोप लगाए। मैले मान्छे हासे भनेर जोकर नै रहेछ भनेछन्। जनता हासेको देखेर किन पीर परेको होला?' उनले भने , 'देश रुवाउन खोजेका थिए, सक्दैनन्, दिइनेछन्।'

निर्वाचनमा जान खोज्दा देश डुब्यो भन्ने भ्रम चलाएको आरोप लगाए। 'देश कहाँ डुब्यो देश? कहिले च्यातेँ मैले संविधान?' उनले भने, 'लोकतन्त्रमा जनता नै अन्तिम निर्णय गर्छन्। त्यसैले हामीले निर्वाचनमा जान मिति तोकको हौँ।' 

प्रचण्ड पक्ष निर्वाचन भनेपछि सपनामा समेत तर्सिने गरेको आरोप लगाए। 'जनताले सबै परीक्षण निर्वाचनमै गर्छन्। त्यसैले उहाँहरू निर्वाचन भनेपछि तर्सिन थालेछन्' उनले भने। 

केन्द्रीय कमिटीको बैठकलाई छाडेर पार्टीको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोग पुगेको आरोप लगाए। 'बैठकमा कहाँ जानुभयो भन्ने लागेको थियो। अध्यक्ष र महासचिवलाई थाहै नदिई निर्वाचन आयोग पुगेकोछन्' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.