|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई चुनावमा नजाने भएपछि चुनाव चिह्न किन चाहियो? भनेर प्रश्न गरेका छन्। आफू निकटका प्रदेश १ का कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'उहाँहरू अध्यक्ष र महासचिवलाई थाहै नदिई निर्वाचन आयोग पुगेका रहेछन्। अहिले सरकारले निर्वाचनमा तोकेपछि डराइराख्नुभएको छ। चुनावमै जान नमान्‍ने भएपछि चुवान चिह्न किन चाहियो?' उनले भने। 

उनले सूर्य चुनाव चिह्न चाहिने भए पार्टीको बैठकमा आउन आग्रह गरेका छन्। 'अहिलेसम्म प्रचण्डले सूर्य चिह्‍नमा चुनाव लडेको छैन। सूर्य चिह्न चाहिन्छ भने बैठकमा आउनुस्' उनले भने। 

पार्टीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत सबै नेताहरुको पद यथावत् रहेको पनि  बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.