|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी पार्टीभित्रैको ‘कपटपूर्ण तमासा’ले व्यवधान सृजना गराएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहीनता बढ्दै गएको बताए।

उनले भने, 'हामो पार्टीमा जस्तो भाँडभैलो, अराजकता र अनुशासनहिनता संसारमा कहीँ देख्नुभएको छ? आफ्नै अध्यक्षका विरुद्ध टेलिभिजनमा गयो मनपरी बोल्यो। त्यत्ति अराजकता, त्यत्ति अनुशासनहीनता कही देख्नुभएको छ?'

उनले प्रचण्ड माधव समूहलाई संसदीय प्रणालीको अभ्यास र बहस गर्न सुझाव दिए। उनले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आक्षेप लगाउने काम गरिएकोमा रोष प्रकट गरे।

देश बर्बाद पार्न दिन्नँ

प्रधानमन्त्री ओलीले देश बर्बाद पार्न नपाएको चिन्ता मानेकाहरूले आफ्नो खुसीलाई देख्न नसकेको दाबी गरे। सरकारले सम्पूर्ण जनताको खुसीका लागि अभिभावककको काम गरिरहेकाले जनतालाई रुवाउन खोज्नेहरुको प्रयास सफल हुन नदिने दाबी गरे।

उनले भने, 'केही मान्छेहरु कोकोहोला मच्चाएर हिँडेका छन्। केहीलाई पिर पनि परेको छ। ओलीले संविधान च्यात्यो।कहाँ देख्नुभयो उहाँहरुले ? संविधान च्यात्यो । धुजा-धुजा पार्यो। यस्तो देशै वरबाद हुन लागेको बेला पनि केपी ओली मुस्कुराई राखेको छ। उहाँहरुले देश बरबाद पार्न नपाएकोमा चिन्ता मात्रै हो। उहाँहरुले देश बरबाद पार्न खोज्नुभएको थियो।'

उनले लामो समय संघर्ष गरेर प्राप्त उपलब्धिलाई कसैको इसारा र स्वार्थका कारण गुम्न नदिने प्रतिवद्धता जनाए। उनले भने, 'देश प्रतिगमनतर्फ फर्कन सक्तैन। देश अगाडि बढ्छ।”

निर्वाचन नचाहने र सत्ता कब्जा गर्ने मनसायले अघि बढेकाहरुले निर्वाचनको विरोध गर्नुको साथै अदालतलाई धम्कीपुर्ण भाषा प्रयोग गरेको दाबी गरे। लोकतन्त्रका कुरा गर्ने तर निर्वाचनमा जान डराउनेहरु असली पार्टी आफुहरु रहेको भन्दै निर्वाचन आयोग पुगेर चुनाव चिन्हमा दाबी गर्न पुगेको बताए। एकपटक पनि सुर्य चिन्हबाट चुनाव नलडेकोहरुले सूर्य चिन्हमा दाबी गरेको बताए। उनले भने, 'सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुहोस्।'

प्रधानन्यायाधीशलाई भेटेको छैन

प्रधानमन्त्री ओलीले न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिए। उनले भने, 'मैले यसपटक मात्रै होइन, शायद कहिल्यै भेटेको छैन।' उनले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गरे।

उनले भने, 'न्यायप्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ। उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छुहुन्छ?' उनले मिडियामार्फत लोकतान्त्रिक संस्थाहरुमाथि हमला गर्ने काम भएको बताए।

उहाँले भन्नुभयो “एउटा पत्रिका जो झुट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ । हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ । आज फेरी पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ। लाज पनि लाग्नुपर्छ।

प्रतिनिधिसभा विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधिसभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाएकी थिइन्।

संविधानको धारा खुलाउनैपर्ने नियम छैन

उनले केही विषय नपाएपछि मन्त्रिपरिषद्ले प्रतिनिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाइएको छैन भनेर टिप्पणी गरेको बताए। ‘मन्त्रिपरिषद्ले संसद विघटन गर्ने सम्बन्धमा गरेको निर्णयमा धारा खुलाइएको छैन’ भन्नेहरुलाई उनले प्रश्न गरे,  'प्रतिनिधिसमा विघटन गरेर निर्वाचनमा जाँदा त्यसको निर्णय गर्दा धारा खुलाएर गर्नुपर्छ भनेर संविधानको कुन धारा, कुन ऐनको धारामा छ कुन नियमावलीमा छ? सर्वोच्चमा बहस गर्न जाँदा त्यत्ति त थाहा हुनुपर्छ नि।'

आफूहरूको किर्ते गर्ने चलन नभएको पनि बताए। उनले भने, 'साढे ३ बजे दर्ता गर्न लगेकोमा साढे १०:४० मै म कहाँ आएको थियो भनेर र्किते सनाखत गरेर चल्ने हाम्रो चलन छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.