'राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म र भावनाविपरीत गए'

|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म र भावनाअनुरूप नचलेको बताएका छन्। 

सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध काठमाडौ‌ंमा आयोजित एक विरोधसभामा सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको मर्म र भावनाअनुरूप नचलेको बताएका हुन्। 

नेपालको परिवेश अनुकूल स्थिरता र स्थायित्व दिनको निम्ति बुहमतप्राप्त सरकारले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको भए पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानको मर्मअनुरूप नचलेको बताए। 

संविधानको रक्षक तथा पालना गर्ने संस्थाको रुपमा राष्ट्रपति रहे पनि संविधानको बर्खिलाप आएको प्रतिनिधि सभा विघटनको प्रस्ताव हेर्दै नहेरी अनुमोदन गरेकाले राष्ट्रपति पनि संविधान अनुरुप नचलेको उनको भनाइ छ।

'संघीयता, लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गर्नको निम्ति प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई जनताले दुईतिहाईको हाराहारीमा मत दिएका थिए। ओलीले अराजनीतिक चरित्र देखाई जनमतको अपमान गरेका छन्' उनले भने। 

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्द देशको ७ सय ५३ वटै पालिकाहरुमा शनिबार विरोध ¥याली तथा सभाको आयोजना गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.