मर्यादाक्रम नमिलेको भन्दै चार नेताल मञ्च बहिष्कार गरे

|

सर्लाही : प्रधानमन्त्री केपी ओलीले  प्रतिनिधि सभा विघटन गरेर सिंहदरबारको सिंह बनेका जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्र महतोले आरोप लगाएका छन्।

जनाता समाज पार्टी, जिल्ला समिति सर्लाहीले आयोजना गरेको जनप्रर्दशन र विरोध सभामा नेता महतोले प्रधानमन्त्री केपी ओली नेपाली जनतालाई सिध्याउने सिंह बनेको बताए।

जिल्ला समन्वय समितिको तीन बिघा मैदानमा नेता महतोले भने, 'सरकारलाई पाखा लगाउन गाउँगाउँबाट नेपाली जनता तयार भइसकेका छन्। प्रतिगमनकोविरुद्ध अब सबै नेपाली जनता एक जुट भएर आफ्नो अधिकार बचाउन एक पटक आन्दोलनको आँधीबेहरी ल्याउनैपर्छ।' 

पूर्वमन्त्री महेन्द्र राय, कार्यकारिणी सदस्य चन्दा चौधरी, प्रदेश २ सरकारका उद्योग, वन वातावारण तथा पर्यटन मन्त्री एवं जसपा नेता रामनरेश राय, प्रदेश सांसद् अशोककुमार यादव लगायतले त्यहाँ सम्बोधन गरेका थिए। 

जसपाका चार नेताले गरे मञ्च बहिष्कार

यसैबीच सभामा मर्यादा क्रम नमिलाएको भन्दै जसपाका नेता एवं विघटित प्रतिनिधि सभाका सांसद् प्रमोद साह, केन्द्रीय सदस्य अशोक सिंह कोइरी, प्रदेश सांसद्वय संजय यादव र मीरा साहले भने विरोध सभाको मञ्च बहिष्कार गरेका छन्।

उनीहरु चारै जनालाई मञ्चमा आशन ग्रहण गर्न बोलाइए पनि दर्शक दीर्घामै बसिरहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.