|

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं सिजनको लागि मिनि अक्शनको तयारी सुरु भइसकेको छ।

आइपिएलको गभर्निङ काउन्सिलले सबै टिमलाई २१ जनवरीसम्म रिटेन गर्ने र रिलिज गर्ने खेलाडीको लिस्ट सार्वजानिक गर्न भनेको छ। योसँगै क्लबहरुले कुनकुन खेलाडीलाई यो पटक रिलिज गर्छन् भन्ने कुरा चोसोका साथ हेरिएको छ।

त्यस्तै कुन क्लबलाई फाइदा र कुन क्लबलाइ घाटा हुन सक्नेबारे पनि आकलन सुरु गरिएको छ। जसमा चेन्नई सुपर किंग्स सर्वाधिक घाटामा पर्न सक्ने तथा फाइदा मुम्बलाई हुने अनुमान गरिएको छ।

चेन्नईले २४ मध्ये १२ खेलाडी रिलिज गर्न सक्ने

चेन्नइले यो अक्शनका लागि २४ मा १२ खेलाडी रिलिज गर्न सक्ने अनुमान गरिएको छ। जहाँ किंग्स इलाभेन पन्ञाजवले ११ तथा राजस्थान रोयल्सले ११ खेलाडी रिलिज गर्ने सक्ने भारतीय संचारमाध्यामले दाबी गरेका छन्। तर यो पटक टिमको बजेटमा भने परिवर्तन हुने छैन। टिमको खातामा यो पटक अघिल्लो सिजनमा जस्तै ८५ करोड हुने छ। यसमा रिटेन गरिएका खेलाडीको मूल्य पनि सामेल हुनेछ।

चेन्नइको खातामा सर्वाधिक कम १५ लाख बाँकी हुँदा सर्वाधिक धेरै पञ्जावको खातामा रहेको छ। उसको १६.५ करोड रहेको छ। 

एक टिममा कति खेलाडी हुन्छन् ?

सबै फ्रेन्चाइजले आफ्नो टिममा बढीमा २५ तथा कम्तीमा १८ खेलाडी राख्न सक्नेछन्। कुनै पनि टिमले विदेशी खेलाडीको हकमा बढीमा ८ खेलाडी टिममा राख्न पाउने छन्।

के हो मिनी अक्शन?

गत सिजन अर्थात २०२० मा मिन अक्शन भएको थियो। जहाँ ७३ स्लटमा ३३२ खेलाडी छान्नका लागि ८ टिमले बोली लगाएका थिए। जहाँ सिर्फ २९ विदेशी तथा ३३ भारतीइ सहित कुल ६२ खेलाडी बिक्री भएका थिए। 

मिनि अक्शनमा फ्रेन्चाइज टिमले बचेको ग्याप पुरा गर्नका लागि बोलि लगाउने गर्छन्। जसमा फ्रेन्चाइजले बढी भन्दा बढी खेलाडीलाई रिटेन गर्न सक्छन्। रिटेन गरिएका खेलाडी बाहेक सबैलाई ट्रेड विन्डोमा पठाइन्छ।

त्यस्तै फ्रेन्चाइजले एक निश्चित समय भित्र आइपिएल गभर्निङ काउन्सीललाइ आ(आफ्ना खेलाडीको रिटेन गरेको र रिलिज गरिएको लिस्ट दिनु पर्छ। अक्शनमा पुगेका खेलाडीको मुल्य आफ्नो खातामा बचेको मुल्य र आइपिएलले दिएको पैसाबाट नयाँ खेलाडी खरिद गर्नु पर्छ। फ्रेन्चाइजले स्क्वाडको फुल स्ट्रेन्थ ९स्वेदेशि र विदेशी खेलाडी० को ध्यानमा राख्दै प्लेयर्स खरिद गर्नु पर्छ।

अक्शनबाहेक ट्रेड विन्डो अर्को अप्शन

अक्शन बाहेक टिमहरुलाई ट्रान्सफर विन्डो ९ट्रेड विन्डो० को पनि अप्शन रहेको छ। एकसाता अघिनै ट्रेड विन्डो सुरु गरिसकिएको छ। यसको अर्थ खेलाडी दुई टिमको आपसी समजदारीमा फ्रेन्चाइज परिवर्तन गर्न सक्ने छन्। यसमा अनक्याप्डसँगै क्याप्ड खेलाडीपनि सहभागी हुन पाउँछन्। ट्रेन्ड विन्डो ४ जनवरी अर्थात बुधबार बन्द गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.