'प्रधानमन्त्री पदकै लागि देश डुबाएर ओली नांगै भइसके'

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक रूपमा नांगै भइसकेको तर्क गरेका छन्। प्रचण्ड माधव पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को उपत्यकास्तरीय भेलामा उपस्थित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'केपी ओली नांगै देखिएका छन् तर, हाँसिराखेका छन्' उनले भने, 'तपाईं नांगै भएको बेलामा हामी हाँस्न सक्छौँ त?' 

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदका लागि देशलाई नै डुबाएको आरोप लगाए। उ'हाँले मलाई प्रधानमन्त्री पदका लागि गरिरहेका भनिरहेका छन्। उहाँलाई लाज घिन भन्ने केही रहेनछ' उनले भने 'मैले प्रधानमन्त्री सहजै छाड्न सक्ने मान्छु हुँ।' 

प्रधानमन्त्री ओली बयलगाडाबाट माथि उठन नसकेको दाबी गरे। ओली विदेशी शक्तिसँग लम्पसार परेको आरोप लगाए। 'उहाँलै विदेशी शक्तिसँग लम्पसार परेका हुन्। हामी होइन। उहाँ अझै कोको सँग लम्पसार पर्नुहुन्छ?' उनले भने। 

अध्यक्ष प्रचण्डले ओलीले अदालत र निर्वाचन आयोगलाई धक्काएको आरोप पनि लगाए। 'उहाँहरूले निर्वाचन आयोग र अदालतमा पनि सेटिङ भइसकेको उनीनिकट नेताहरूले बताइरहेका छन्। तर, हामी उहाँहरूप्रति विश्वास गुमाइसकेका छैनौँ' उनले भने,' उहाँहरूको सेटिङ भइसकेको छ भने हामी गर्जिने बेला आइसकेको छ।' 

आगामी ९ गतेको बैठकलाई दबाबपूर्ण बनाउन आह्वान गरे। प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध अहिलेसम्म धेरै जनमत प्राप्त भएकाले प्रतिगमनलाई परास्त गर्न सकिने जिकिर गरे। ओलीको सपना पूरा नहुने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.