|

काठमाडौं : बर्दियाकोको सदरमुकाम  गुलरियास्थित जिल्ला समन्वय समितिको खुला प्रांगणमा आज नेकपा प्रचण्ड–माधव पक्षले बृहत् कार्यकर्ता भेला गरेको छ। 

जहाँ यो समूहका अध्यक्ष प्रमुख अतिथि माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई संसारको शक्तिशाली हुँ भन्ने भ्रममा नबाँच्न अपिल गरेका छन्। देशलाई तानाशाह केपी ओलीबाट जोगाउन आवश्यक रहेको उनले बताएका थिए। ​

सयाैंको संख्यामा भेला भएका कार्कर्तामाझ ​नेपालले प्रधानमन्त्री केपी शर्मा ओली अहंकारी, असहिष्णुता र अधिनायकवादी भएको बारम्बार बताइरहेका थिए।बर्दियाको प्रशिक्षण कार्यक्रममा नेकपाका नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, ओनसरी घर्ती, युवराज ज्ञवालीलगायत नेता सहभागी भएका थिए।

आज भएका कार्यक्रमका केही फोटोहरू

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.