|

बारा : करैयामाई पिपरा गोल्ड कपको पाँचौँ संस्करण फागुन पहिलो साताबाट सुरु हुने भएको छ। करैयामाई गाउँपालिका ७ स्थित पछगचिया खेल मैदानमा सञ्चालन हुने गोल्डकप फागुन ६ देखि १५ गतेसम्म हुने भएको हो।

करैयामाई गाउँपालिकाको आर्थिक सहयोग र सृजनशील युवा क्लब पिपरा बाराको आयोजनामा हुन लागेको प्रतियोगिता बारेमा आइतबार गाउँपालिका कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।

कुल २१ लाखको लागतमा हुने प्रतियोगिता १० टिमको सहभागिता रहने सृजनशील युवा क्लब पिपरा बाराका अध्यक्ष बृजमोहन चौधरीले जानकारी दिए।

प्रतियोगितामा वीरगञ्ज युथ क्लब, वीरगञ्ज युनाईटेड क्लब, बागमती ११, सर्लाही ११, सशस्त्र प्रहरी दुई नम्बर बाहिनी बर्दिबास, सिरहा ११, हेटौँडा ११, मकवानपुर युनाइटेड क्लब, सिमरा र आयोजक सृजनशील युवा क्लब पिपराले सहभागिता जनाउनेछ। फाइनल खेलको अघिल्लो दिन मैत्रीपूर्ण महिला फुटबल खेल हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार दुई लाख ५० हजार शिल्ड मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार एक लाख ५० हजार शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष भुनेश्वर धामी, गाउँपालिकाकी उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, गाउँ शिक्षा समिति सदस्य वीरेन्द्र चौधरी, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय पिपराका प्रधानाध्यापक रामजच्चु चौधरी, वडा नं. २ का वडा अध्यक्ष सुरेन्द्र चौधरी, सहजनाथ साझेदारी वन समितिका अध्यक्ष मुस्ताक अंसारी, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन क्लबका सहसचिव जितेन्द्र चौधरीको गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.