|

काभ्रे : सामान्यत पब्जी रमाइलो र फुर्सदको समय खेलिने खेल हो। झट्टा सुन्दा आम मानिसलाई लाग्छ कि पब्जी लेखेर पनि कहीँ आम्दानी गर्न सक्छ?

के यसमा अन्य संघ-संस्था जस्तै रोजगारी पाउन सक्छ? यस्ता अनेक प्रश्न उब्जिन सकिन्छ, जुन स्वाभविक पनि हो। सुन्दा अपत्यारिलो लागे पनि सत्य यो होकी पब्जी खेलेबापत पनि अन्य संघ-संस्थामा झैँ रोजगारी पाउनुको साथै तबल सुविधा अर्थात् आम्दानी पाउन सकिन्छ।

हो, यस्तै पब्जी खेल्दाखेल्दै आर्जन गरेका रकमले स्काइलाइट नेपाल शाखाका टिम म्यनेजर योन्टेन श्रेष्ठ नेतृत्वको टोलीले खेलकुद क्षेत्रसँगै सामाजिक कार्यसमेत गर्दै आएका छन्।

यसैक्रममा म्यनेजर श्रेष्ठको टोलीले स्काइलाइट गेमिङको सिंगापुरमा रहेको मुख्य कार्यालयको आर्थिक सहयोगमा अति विपन्न तथा गरिब विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

स्काइलाइटले नगरपालिकाभित्र रहेका ३० वटा समुदायिक (प्राथामिक र माध्यमिक) विद्यालयबाट ४० जना अति विपन्न तथा गरिब विद्यार्थीहरु छनोट गरी उनीहरुलाई एक वर्षसम्मको लागि आवश्यक कपी, कलम, जुत्ता, मोजा, सटपाइन्ट, झोला आदि शैक्षिक सामाग्री छात्रबृद्धि स्वरुप वितरण गरेका हुन्।

शैक्षिक सामग्री वितरण

स्काइलाइट गेमिङले आइतबार बनेपा नगरपालिकाको समन्वय तथा सोसियल सर्भिस युवा क्लब र माउन्ट एभरेष्ट फुटबल क्लबको सहकार्यमा जिल्लाको बनेपा–५ स्थित् कायस्थ बैंक्युटमा एक कार्यक्रम आयोजना गरी बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख अतिथ्यातामा अति विपन्न तथा गरिब विद्यार्थीलाई उक्त शैक्षिक सामग्री वितरण गरेका थिए।

कार्यक्रममा नगरप्रमुख बादेले कपी, कलम, पोसाक जस्ता विद्यार्थीका लागि आवश्यक सामग्री आर्थिक अभावले कारण किन्न नसकी इच्छा भएर पनि विद्यालय जानबाट बञ्चित हुन नपरोस् भनी स्काइलाइटले चलेको अभियान स्वागतयोग्य भएको बताए।

कार्यक्रममा स्काइलाइट गेमिङका नेपाल शाखाका टिम म्यानेजर योन्टेन श्रेष्ठले खेलसँगै सामाजिक कार्य गर्दै आएको स्काइलाइटले माध्यमिक तहका प्रति विद्यार्थीलाई जुत्ता १ जोर, मोजा २ जोर, विद्यार्थी पोसक १ सेट, झोला १ थान, अंग्रेजी नेपाली डिक्नेरी १ थान, कापी ३ दर्जन, कलम ३ दर्जन र प्राथमिक तहमा अध्ययनरतप्रति विद्यार्थीलाई जुत्ता १ जोर, मोजा २ जोर, विद्यार्थी पोसक १ सेट, झोला १ थान, अल इन वन किताब १ थान, कापी २ दर्जन र कलम २ दर्जनका दरले ४ लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए।

‘नेपाल शाखाबाट हामीले अति विपन्न तथा गरिब विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गर्ने सोचले सिंगापुरस्थित रहेको मुख्य कार्यालयमा निवेदन पेश गरेका थियौँ,’ उनले भने, ‘हाम्रो निवदेन तथा अनुरोधलाई स्वीकार गरेर रकम उपलब्ध गराएपछि हामीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्न सफल भएका हौँ।’

त्यस्तै, श्रेष्ठका अनुसार स्काइलाइटले यसअघि विभिन्न खाले रोगबाट पीडित व्यक्तिलाई ५ लाख र लकडाउन बेला समस्यामा परेका मानिसलाई ४ बराबारको खाद्यान्न तथा लत्ताकपडा गरी ९ लाख सहयोग गरिसकेका छन्।

त्यस्तै, सोसियल सर्भिस युवा क्लवका अध्यक्ष तथा बनेपा नपा–५ का वडा सदस्य सगर मान्नधरले स्काइलाइटद्धारा सोसियल सर्भिस र माउन्ट एभरेष्ट क्लवलाई खेलकुद सामग्री वितरण गरेको जानकारी दिँदै स्काइलाइटकै सहयोगमा फुटबल प्रतियोगिताको पनि तयारीसमेत थालेको बताए।

के हो स्काइलाइट गेमिङ?

नेपाल शाखाका टिम म्यानेजर योन्टेन श्रेष्ठका अनुसार स्काइलाइट गेमिङ पब्जी खेल्ने खेलाडीहरू एउटा संस्था हो। जसको मुख्य कार्यालय सिंगापुरमा छ। हाल नेपालसँगै इन्डोनोसियमा यसको शाखा विस्तार भइसकेको छ।

टिम म्यानेजर श्रेष्ठले स्काइलाइटले पब्जी खेल्न सिपालु खेलाडीलाई रोजगारीसमेत दिने गरेको बताए। उनका अनुसार ललितपुरको पाटनस्थित बुटक्याम रहेका छन्।

त्यस्तै, उनले बुटक्याममा १२ जना पब्जी खेलाडी रहेको र उनीहरुले पब्जी खेलेबापत मासिक २० हजारसम्म तलब लिने गरेको बताए।

‘बुटक्यापमा बसेर पञ्जी खेल्ने खेलाडीलाई बस्ने र खाने सबै व्यवस्था संस्थाले नै मिलाइदिएको छ,’ उनले भने, ‘हाम्रो काम भनेको पब्जीमा खेल्ने हो, जुन फुटबलमा जस्तै पब्जीमा पनि प्रतियोगिता हुन्छ। अहिले बुटक्याममा ग्रुप ए र बी गरी ६-६ जनाको दुइ टिम बनाएर खेल्ने गरेको छ।’ उनका अनुसार पब्जी खेल्न बुटक्याममा काभ्रेका मात्र ५ जना खेलाडी छन्। त्यस्तै, अन्य धरान, काठमाडौँ, पोखरा लगायतका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.