|

काठमाडौं : बेलायतबाट आएका तीन नेपाली नागरिकमा नयाँ 'भेरियन्ट'भाइरस देखा परेको पुष्टि भएको छ। दुई पुरुषसहित (६७ र ३२ वर्षका) एक महिलामा (उमेर २८) उक्त भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो।

पाँच जनामध्ये तीन जनामा 'भेरियन्ट' भाइरस देखिएको हो। २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा पिसिआर नेगेटिभ आएको छ। ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

नयाँ भाइरस देखिएका तीनमध्ये दुई जना संक्रमणमुक्त भइसकेका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। उनले भने, '६७ वर्षीय पुरुषमा लक्षण नदेखिएकोले होम आइसोलेसनमा बसी उपचार गरिरहेका छन्। निरन्तर चिकित्सकको निगरानीमा राखी उपचार भइरहेको छ।' उनका अनुसार संक्रमित काठमाडौंका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.