|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पद र शक्तिका लागि मात्रै पार्टी एकता गरेको बताएका छन्। प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'मैले नै उहाँ भएको ठाउँमा भएर पार्टी एकताको प्रस्ताव गरेको थिए। तर, उहाँले पार्टी एकताको प्रस्ताव गर्दा बोल्नुभएको थिएन' उनले भने, 'मैले पार्टी एकतापछि तपाईंलाई नै प्रधानमन्त्रीको लागि प्रस्ताव गर्छु भनेपछि मान्नुभयो।' 

ओलीले पद र पावरका लागि नै पार्टी एकता गरेको आरोप लगाए। 'हामीले पार्टी र देशलाई बलियो बनाउन पार्टी एकता गरेका थियौँ। तर, उहाँले प्रधानमन्त्री पद र शक्तिको लागि मात्रै पार्टी एकता गरेका रहेछन्। अरू सबै सहमति त किर्ते नै रहेछ' उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.