|

नेपालगञ्ज :  बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। होम आइसोलेसनमा बसेका नेपालगञ्जका दुई जना पुरुषको मृत्यु भएको हो।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० वर्षीय पुरुषको गएराति साढे ९ बजे र वडा नम्बर १ धम्बोझीका ४९ बर्षीय पुरुषको आज विहान सवा ६ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए। योसँगै कोरोनाबाट बाँकेका ५१ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.