|

काठमाडौं : सरकारले एक वर्षमा तीन अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको औषधिजन्य सामग्री र स्वास्थ्य उपकरणलाई भन्सार छुट दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्सार छुटका लागि अर्थ मन्त्रालयलाई गरेको सिफारिसका आधारमा २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म तीन अर्ब ४६ करोड ३ लाख ८७ हजार २३२ रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीमा भन्सार छुट भएको बताइएको छ। यस्तै, १७६ वटा औषधिजन्य सामग्री तथा उपकरणका लागि पटक–पटक भन्सार छुटको सिफारिस गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विवरणअनुसार सबैभन्दा बढी भन्सार छुट पाउनेमा गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्था रहेको छ। उक्त संस्थाका लागि २०७६ मंसिर २० मा ३० लाख ७५ हजार अमेरिकी डलर बराबरको अस्पताल बेड खरिद गरिएको थियो। जसलाई २०७७ असार मसान्तको अमेरिकी डलरको बिनिमय दरले हिसाब गर्दा ३७ करोड एक लाख ३७ हजार ७५० नेपाली रुपैयाँ हुन आउँछ।

यस्तै, पूर्वाञ्चल क्यान्सर अस्पतलाका लागि खरिद गरिएको क्याथल्याब मेसिनका लागि पनि स्वास्थ्य मन्त्रालयले भन्सार छुटको सिफारिस गरेको थियो। उक्त मेसिन २७ करोड एक लाख ७५ हजार ९४५ रुपैयाँमा खरिद गरिएको थियो। 

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका लागि खरिद गरिएको इन्सपाएर सिक्स एफ स्टेरिल अर्थात् अटोक्लेभमा पनि भन्सार छुट भएको छ। जसलाई २५ करोड ६४ लाख ३८ हजार ५३ रुपैयाँमा खरिद गरिएको थियो। योसँगै कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने धेरै स्वास्थ्य  उपकरण तथा औषधिजन्य सामग्री भन्सार छुटमा नेपाल भित्रिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.