|

पनौती :  काभ्रेको पनौती नगरपालिका–८ मल्पीमा करेन्ट गालेर एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो पनौतीको तेजगंगा बहुमुखी क्याम्पसको भवन छानामाथि हुँदै लगेको मुख्य प्रशासन लाइनमा छोएर सोही ठाउँ बस्ने १६ वर्षीय सन्तोष थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नजिनराज राईका अनुसार भवनको पछाडिपट्टिको चौरमा फुटबल खेलिरहेको अवस्थामा बल चौरबाहिर पुगेपछि सो बल पछ्याउँदै क्याम्पस भवनतर्फ जाने क्रममा क्याम्पस भवनमाथि तानिएको नांगो तारमा छोएर मृत्यु भएको हो।

तार क्याम्पस भवनको माथि हुँदे लगिएको छ। ‘क्याम्पसको भवनमाथि त्यसरी मुख्य प्रशारण लाइन हुँदा न त क्याम्पस प्रशासनले वास्ता गरेको छ न त विद्युत प्राधिकरणले नै।’ स्थानीयले भने

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.