|

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले दिएको केन्द्रीय सदस्य पद लक्ष्मी धिक्तले अस्वीकार गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराका जिल्ला सचिवालय सदस्य रहेका धिक्तले मंगलबार आफूले पद अस्वीकार गरेको प्रेस विज्ञप्ति नै जारी गरेका छन्। 

पार्टी एकताका बाँकी कार्यभार पूरा हुन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टीको भ्रूण हत्या गर्ने र संविधानमाथि हमला गर्ने कामप्रति उनले घोर निन्दा व्यक्त गरेका छन्।

‘मेरो नाम कुनै एक झुण्डको केन्द्रीय सदस्यमा मनोनित गरिएको भन्ने कुराको म घोर निन्दा गर्दछु साथै म नेपाल कम्युनिष्ट पार्टी डडेल्धुरा जिल्ला सचिवालय सदस्य नै रहेको जानकारी गराउन चाहन्छु,’ प्रेस विज्ञप्तिमा उनले उल्लेख गरेका छन्। 

ओलीले नेपाली जनताको शिक्षा स्वास्थ्य, आवासको व्यवस्थापन गर्नुपर्ने ठाउँमा पार्टी र देशलाई आघात पुग्ने गरी नेपाली जनताको मर्म भावनाविपरित संविधानको घाँटी रेट्ने गरी प्रतिनिधिसभालाई विघटन गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन्।

डडेल्धुरामा नेकपा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गर्ने दुई जना पुगेका छन्। यसअघि रामबहादुर धामी ‘विजय’ले केन्द्रीय सदस्य पद अस्वीकार गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.