|

गुल्मी : गुल्मीमा आगामी असार मसान्तसम्ममा गरिब परिचयपत्र वितरण गरिने भएको छ। आगामी असार मसान्तसम्म जिल्लाका सबै पालिकामा परिचय पत्र वितरण हुने भएको हो।

जिल्लाका प्रत्येक स्थानीय तहमा गई तथ्याङ्क संकलन गर्न प्रत्येक पालिकामा सुपरिवेक्षक तथा गणकहरू छनोट भएका छन्। छनोट भएका गणक तथा सुपरिवेक्षकका लागि गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम सम्बन्धमा तालिम संचालन भएको छ। 

तालिम उद्‌घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गर्दै शर्माले गाउँमा नम्र र शिष्ट भाषा प्रयोग गरेर तथ्याङ्क संकलन गर्न गणकहरूलाई निर्देशन दिइन्। 

प्रत्येक पालिकामा चारदेखि सात जनासम्म गणकहरू नियुक्त गरिएको छ। सबै पालिकामा एक/एक जना सुपरिवेक्षक नियुक्त गरिएको छ। गणकहरूले सफ्टवेयरमार्फत हरेक परिवारको विभिन्न विवरण संकलन गर्नेछन्। 

उक्त तथ्याङ्क जीपीएस प्रणालीबाट गणकले भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा पठाउँछन्। सफ्टवेयरबाट प्राप्त भएको तथ्याङ्कका आधारमा मन्त्रालयले गरिब र गैर गरिब परिवारहरूको छनोट गर्नेछ। गरिब परिवारहरूलाई पनि गरिब, मध्यम गरिब र अति गरिब गरी तीन भागमा विभाजन गर्छ र उक्त तथ्याङ्क पालिकामा पठाउँछ। 

पालिकाले अति गरिब परिवारलाई रातो कार्ड, मध्यम गरिब परिवारलाई पहेँलो तथा गरिब परिवारलाई हरियो कार्ड प्रदान गर्छ। अहिले जीपीएस प्रणालीबाट काम हुने भएकोले सही तथ्याङ्क संकलन हुने गुल्मीका सरोकारवालाहरूले बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.