|

सर्लाही : भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन्। नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले नवलपुर–मलङ्गवा सडकखण्डमा सवारी जाँच गर्ने क्रममा अवैध चाँदी र सुनसहित रौतहटको चन्द्रपुर नगरपालिका–१ का २७ वर्षीय मोटरसाइकल चालक शशिकृष्ण गजमेर र पछाडि सवार सरोज विकलाई पक्राउ गरेको जनाएको छ।

छिमेकी देश भारतबाट मङ्लगवा हुँदै नवलपुरतर्फ आएको बा ६९ प ५१६१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा भन्सार छलेर ल्याइएको ७१ तोला ३४ लाल चाँदीको गहना र २७।७ लाल सुन झोलामा पोका पारेर लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए। 

उनीहरुको साथबाट नगद  ३७ हजार पाँच सय समेत बरामद भएको र भन्सार छली गरेर ल्याइएको गहनाको अन्दाजी मूल्य ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालय मलङ्गवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

खुला सिमानाका कारण पछिल्लो समय भन्सार छली तथा सिमानामा चोरी तस्करीका घटना निरन्तर हुने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.