|

अमेरिकामा सरकारद्वारा राजीनामा माग गरिएका ४६ न्यायाधिवक्तालाई बर्खास्त गरिएको छ। न्यूयोर्कका संघीय न्यायाधिवक्ता प्रीत भराराले राजीनामा दिन अस्वीकार गरेका आफू सहित ४६ जनालाई ट्रम्प प्रशासनले बर्खास्त गरेको बताएका हुन्। 

उनले ट्वीटरमा आफूले राजीनामा नदिएको तर बर्खास्त गरिएको उल्लेख गरेको बीबीसीले जनाएको छ। भारतीय मूलका कानुन व्यवसायी भरारासहित पूर्व राष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका न्यायाधिवक्ताले सरकारले मागेबमोजिम राजीनामा दिन अस्वीकार गरेका थिए।

भराराले यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई पदमै रहिरहन भनेको प्रतिक्रिया दिएका थिए। तर शुक्रबार राजीनामा माग गरिएका न्यायाधिवक्ताको सूचीमा परेपछि सबैलाई आश्चर्यमा पारेको बीबीसीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.