|

काठमाडौं : सामाजिक सञ्‍जालमा महिलालाई अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन कार्य गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

परिचित महिला साथीलाई अश्लिल भिडियो, फोटो तथा सन्देश पठाएको र यौन उत्पीडन कार्यमा संलग्न भएको आरोपमा सल्यानका सेराडाडाँका ३६ वर्षीय रवी शाहीलाई साइबर ब्यूरोले पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत काठमाडौको अनुमतिमा मंगलबार सोमबार पक्राउ गरिएको हो।

उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.