|

काठमाडौं : नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान खोज्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी-५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पीसीआर रिपोर्ट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पीसीआर रिपोर्ट नक्कली भएको खुले पश्चात निजलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.