|

काठमाडौं : ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत एक नायब सुब्बा ४० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मन्दीपकुमार श्रेष्ठसमेत दुईजना छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नायव सुब्बा श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठलाई सेवाग्राहीबाट लिएको उक्त रकमसहित पक्राउ गरेको हो।

उनीहरुले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि अतिरिक्त रकम लिएको आयोगले जनाएको छ।

उनीहरुले अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा लगनखेलस्थित बसपार्क नजिकबाट मंगलबार नियन्त्रणमा लिएको थियो। उनीहरूबारे थप अनुसन्धान भइरहेको पनि अख्तियार कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.